बाराबाट विभिन्न मुद्दाका ८ अभियुक्त पक्राउ

बिएल

बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ जनालाई पक्राउ गरेको छ। नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ।

इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले फरार ८ अभियुक्तलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जितपुरसिमरा–१९ का ५० वर्षीय रामभाग्य राउत, कलैया उपमहानगरपालिका–१९ का ३५ वर्षीय मनोज भगत, कलैया–१९ का ५० वर्षीय रामप्रताप बैठा र पचरौता नगरपालिका–३ का धुपलाल दास बैरागी छन्। त्यसैगरी, अदालतको सजाय फैसलापछि फरार पचरौता–३ का वीरेन्द्रप्रसाद यादव, रामजिनिस प्रसाद कुशवाहा र रामचन्द्र हजरा दुसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

१ वर्ष कैद सजाय लागेका वन मुद्दाका प्रतिवादी रामभाग्य राउतलाई कारागार कार्यालय वीरगञ्ज पठाइएको र अन्य प्रतिवादी जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय, बाराकाले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-11-25 14:10:23

प्रतिकृया दिनुहोस्