मल्टिस्टारर फिल्म ‘पागलपन्ती’काे औसत व्यापार

तस्बिरः एजेन्सी

जोन अब्राहम, अनिल कपूर, अरशद वारसी, पुल्कित सम्राटको कमेडी फिल्म ‘पागलपन्ती’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।

मल्टिस्टारर यो फिल्मले रिलिजको ३ दिनमा १८ करोड ५० लाख भारु कमाइ गरेको छ।

फिल्मले पहिलो दिन ५ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन ६ करोड २५ लाख कमाइ गरेको थियो।

फिल्मको स्किृप्ट धेरैलाई चित्त बुझेको छैन।

तीन साथीको संगतलाई लिएर बनाइएको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ।

फिल्मले बक्स अफिसमा दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ।

 

प्रकाशित मिति: : 2019-11-25 13:16:57

प्रतिकृया दिनुहोस्