बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

बिएल

बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ घर भइ हाल पर्साको वीरगन्ज बस्दै आएका ३४ वर्षीय उमेश राउत रहेका छन्।

जिल्ला अदालत पर्साको ३१ जेठ २०७३ को फैसलामा राउतविरुद्ध ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।

अदालतले कैद तथा जरिवानाको सजाय तोकेपनि फरार रहेका राउतलाई ३ बर्षपछि पर्सा प्रहरीले वीरगन्जस्थित उनकै डेराबाट पक्राउ गरेको हो।

पक्राउ परेका राउतलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाउन लागिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-25 13:10:05

प्रतिकृया दिनुहोस्