सरकार राणा शासनकै पद चिह्नमा हिड्याे: वरिष्ठ नेता पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार राणा शासनकै पद चिह्नमा हिँडेको आरोप लगाएका छन्। एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको भन्दै उनले उक्त आरोप लगाएका हुन्।

रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ पौडेलले सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण भएको पनि जिकिर गरे । ''राणा शासनकै पद चिह्नमा हिँडेका छन्'', उनले भने, "यिनीहरुले सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण थालनी गरिसके।”

द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको आरोप लगाए।

नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली कांग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताए। उनले भने, “दुई तिहाईको सरकारले गरेको ज्यादती र भ्रष्टाचारको पर्दाफास उपनिर्वाचनपछि हुनेछ।”

प्रकाशित मिति: : 2019-11-25 12:48:14

प्रतिकृया दिनुहोस्