तापसीकाे ‘सुपरवुमन’ बन्ने इच्छा

तस्बिरः एजेन्सी

बलिउड अभिनेत्री तापसी पन्नुले आफ्नो खास पहिचान बनाइसकेकी छिन्। कैयौं फिल्ममा उनको कामको लागि उनको प्रशंशा भएको छ। कैयौं फिल्ममा उनले एकदमै फरक भूमिका गरेकी छिन्।

अब भने उनले सुपरवुमनको भूमिका निभाउने इच्छा जाहिर गरेकी छिन्। हालै गोवामा भएको अन्तर्राष्ट्रिय फिल्ममा उनलाई ऋतिक रोशनको सुपरहिरो फिल्म क्रिश ४ मा सुपरवुमनको भूमिका निभाउनेबारे प्रश्न सोधिएको थियो। यसको जवाफमा तापसीले आफू यतो भूमिका गर्न इच्छुक भएको बताइन्।

कंगनाले क्रिशको अघिल्लो भागमा सुपरवुमनको भूमिका निभाएकी थिइन्। क्रिशमा तापसीले काम गर्न इच्छुक भएको बताएपछि कैयौंले यसलाई कंगना रनौतसँग जोडेर हेरेका छन्।

पछिल्लो समय कंगना र तापसीको बीचमा मनमुटावको खबर आइरहन्छन्।

प्रकाशित मिति: : 2019-11-25 08:12:57

प्रतिकृया दिनुहोस्