चिनियाँ अभिनेत्री सु चिङ फेरि नेपाल आउदै

फाइल तस्बिर

‘नेपाल भ्रमण वर्ष २०२०’ कि सद्भावना दूत चिनियाँ अभिनेत्री सु चिङ फेरि नेपाल आउने भएकी छिन्। नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न उनले चीनमा प्रचारप्रसार गर्दै आएकी छिन्।

डिसेम्बर पहिलो साता आउन लागेकी सुले आफ्नो सोसियल मिडिया मार्फत नेपालको पर्यटनबारे पोष्ट गर्दै आएकी छिन्। उनी चाइनिज फिल्मकर्मीसँग काठमाडौं, चितवन, लुम्बिनी, पोखरा र वर्दिया नेशनल पार्क घुम्नुने छिन् ।

यो भ्रमणमा सुले नेपालबारे थप जानकारी लिनेछिन् भने घुमेको ठाउँहरुमा छायांकन पनि गर्नेछिन् । काठमाडौंमा दुई दिन विताएर उहाँ सौराहा जाने कार्यक्रम छ । त्यसपछि वर्दिया नेशनल पार्कमा थप दुई दिन बस्ने कार्यक्रम छ। त्यसपछिको तीन दिन पोखरामा बस्नेछिन् । चिनिया सोसियल साइट वोइवोमा उहाँलाई १५ मिलियनले फलो गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० सचिबालयले चीन लगायत फ्रान्स, लेबनान, जापान, कोरिया, स्विडेन, आयरल्याण्ड, युके, जर्मनी, बंगलादेश, थाइल्याण्ड र हङकङमा सद्भावना राजदूत नियुक्त गरिसकेको छ।

नेपाल भ्रमण वर्ष २०२० अभियानका लागि अन्य सद्भावना दूत नियुक्त भएकाहरुमा राजदूतहरूमा एरिक भाल्ली (फ्रान्स), जोइस आज्जाम (लेबनान), हिरोमी इशियोका र मारिको हयाशी (जापान), उन हङ गिल र भान सन सिंह (दक्षिण कोरिया), जोहान अर्न्स्ट निल्सन (स्वीडेन) , दैथी ओ मुर्चु (आयरल्यान्ड) र ब्यारोनेस वर्मा, जोआना लुम्ले र जीपी हुन्ड्या (युके) रहेका छन्।

प्रकाशित मिति: : 2019-11-24 16:08:53

प्रतिकृया दिनुहोस्