जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत कर्मचारी मन्सुर राइनलाई प्रायःजसो कार्यालयमा भेटिँदैनन् ।
उपमहानगरपालिकामा नायब सुब्बा तहमा कार्यरत उनी कार्यालय आउनुको साटो दिनभर अदालत तथा बार एसोसिएसनको जनकपुरस्थित कार्यालयमा भेटिन्छन् । अधिवक्ता समेत रहेका राइनले बार एसोसिएसनलाई केन्द्र बनाएर बसी निजी क्लाइन्टहरूको मुद्दा हेर्ने गर्छन् ।