बुटवलमा भारतविरुद्ध 'विप्लव'का विद्यार्थी संगठनकाे जुलुस

फाइल तस्बिर

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आइतबार रुपन्देहीको बुटवलमा जुलुस निकालेका छन्। भारतले नेपाली भूभाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा विद्यार्थीले जुलुस निकालेका हुन्।

जुलुसमा सहभागी विद्यार्थीहरुले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपाली भूमि छोड लगायतका नारा लगाएका थिए ।बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँबसपार्क, गोलपार्कबाट एकैसाथ जुलुस निकालिएको थियो।

बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको जुलुसलाई नियन्त्रण गर्न प्रहरीले कालिकानगर, चौराहा, मिलनचोक, गोलपार्कमा रोक्न खोज्दा विद्यार्थीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।

प्रकाशित मिति: : 2019-11-24 15:01:35

प्रतिकृया दिनुहोस्