रोनाल्डो च्याम्पियन्स लिगबाट मैदानमा फर्किने

तस्बिरः एजेन्सी

युभेन्ट्सका प्रशिक्षक माउरिजियो सार्रीले क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगबाट मैदानमा फर्किने बताएका छन्।

युभेन्ट्सले च्याम्पियन्स लिगमा समूह चरणको पाँचौं खेलअन्तर्गत युभेन्टसको घरेलु मैदानमा मंगलबार राति खेल खेल्दै छ।

प्रशिक्षक सार्रीले एट्लान्टाविरुद्ध रोनाल्डो पूर्ण फिट नभएको कारण मैदानमा आउन नसकेको बताएका छन्।

‘मलाई आशा छ कि उनी मंगलबार हुने च्याम्पियन्स लिगको खेलबाट मैदान फर्किनेछन्,’ सार्रीले भने, ‘निश्चित समयमा खेलाडी रिकभर हुन र शान्त हुनुपर्दछ। उसले हामीलाई भने कि ऊ अहिले पनि स्वस्थ छैन। जसका कारण उनलाई ट्रेनिङमा नै समस्या भइरहेको थियो।’

रोनाल्डोलाई आराम चाहिएका कारण उनलाई विश्राम दिइएको प्रशिक्षक सार्रीले बताए । उनले भने, ‘हामी उनमा धेरै नै भर पर्छौै तर उनलाई आराम चाहिएको थियो ।उनले जोखिम उठाउनु ठीक थिएन जसका कारण उनको घुँडामा थप समस्या आओस्।’

युभेन्ट्स इटालियन सिरी ए मा रोनाल्डो बिना नै शनिबार भएको खेलमा एट्लान्टा उसैको मैदानमा १–३ गोल अन्तरले हराएको थियो।

युभेन्ट्सको जितमा गोन्जालो हिगुईनले दुई तथा पाउल डिबालाले एक गोल गरेका थिए। यता एट्लान्टाका लागि एक मात्रै गोल रोबिन गोसेन्सले गरेका थिए।

जितसँगै युभेन्ट्स १३ खेलबाट ३५ अंक जोडेको छ। ऊ शीर्ष स्थानमा छ। युभेन्ट्स दोस्रो स्थानको इन्टर भन्दा ४ अंकले अघि रहेको छ।

प्रकाशित मिति: : 2019-11-24 14:13:43

प्रतिकृया दिनुहोस्