बक्स अफिसमा विराज भर्सेस विपिन, दुबैकाे चलचित्र एउटै मितिमा

फाइल तस्बिर

फागुण ९ गते रिलिज हुने भनिएको नायक विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति फेरि सरेको छ।

निर्माणपक्षका अनुसार प्रयाप्त तयारी नपुगेको कारण रिलिज डेट सार्न लागिएको हो।

अब, यो चलचित्र माघको २४ गतेबाट रिलिज हुने निर्माणपक्षको तयारी छ। उक्त मितिमा नै विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’ पनि प्रदर्शन हुदैछ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन्। नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ।

‘साङ्लो’विराज भट्टको निर्देशनमा तयार भएको हो। यो चलचित्रमा विराज र नायिका निकिता चण्डकको मुख्य भूमिका छ।
प्रकाशित मिति: : 2019-11-24 11:45:30

प्रतिकृया दिनुहोस्