वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँट्याे: नेता लेखक

फाइल तस्बिर

नेपाली का‌ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन्।

दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा शनिबार आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउन कुनै योजना ल्याउन नसकेको बताए।

कांग्रेसको सरकार भएको बेला प्रशस्त बजेट छुट्टयाएको महाकाली कोरिडोरमा वर्तमान सरकारले बजेट नछुट्टयाएकामा नेता लेखकले आपत्ति व्यक्त गरे।

उनले भने, “सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनामा सरकारको ध्यान जान सकेको छैन।” वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उनको भनाइ थियो।

प्रकाशित मिति: : 2019-11-23 22:17:19

प्रतिकृया दिनुहोस्