राजदूत ढकालद्वारा ओमानका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

बिएल

नेपाली राजदूतावास ओमानका राजदूत सर्मिला पराजुली ढकालले ओमानका पर्यटनमन्त्री महामहिम अहमद बिन नासेर अल मेहार्जीलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन्।

राजदूत ढकालले बिहिबार पर्यटनमन्त्री मेहार्जीलाइ कार्यकक्षमा भेटी नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्‌घाटन कार्यक्रममा उपस्थिति हुन नेपालका पर्यटन मन्त्री योगेश भट्टराईले पठाएका निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।

राजदूत ढकालले नेपालले आगामी बर्ष मनाउन गइरहेको नेपाल भ्रमण बर्ष २०२० को पृष्ठभूमि तथा तयारीबारे पर्यटनमन्त्री मेहार्जीलाई जानकारी गराएकी थिइन्।

यस्तै पर्यटनमन्त्री मेहार्जीले नेपाल जान आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता जाहेर गरेका थिए।

साेहि भेटमा नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल पनि भएको दूतवासले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-23 21:55:16

प्रतिकृया दिनुहोस्