इक्साभेटरले खनेको दहमा डुबेर दुई बालकको ज्यान गयाे

फाइल तस्बिर

इक्साभेटरले खनेको दहमा पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा शनिबार दुई जना बालकको ज्यान गएको छ।

दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिए।

बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ। प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताए।

प्रकाशित मिति: : 2019-11-23 20:41:20

प्रतिकृया दिनुहोस्