उपनिर्वाचनले पार्टीलाई पुनः पुष्टि गर्नेछ: महासचिव पौडेल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताए।

नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै त्यसका लागि नेकपाको सरकारले सकारात्मक पहल गर्ने बताए। उनले नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रलाई नेपालकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए।

नेता पौडेलले बागलुङ पश्चिम क्षेत्रको विकासको जिम्मा वाम गठबन्धनलाई दिन मतदातालाई आग्रह गरे।

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीले आफै उत्पादन गरी स्वाभिमानी नेपाली बन्न आग्रह गरे। उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडानका कारण अघिल्लो सरकारमा आफू समावेश भएको बताए।

अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2019-11-23 20:17:55

प्रतिकृया दिनुहोस्