पाकिस्तानलाई इमर्जिङ एसिया कप क्रिकेटको उपाधि

Photo Credit :ACC

पाकिस्तानको यू-२३ टिमले एसीसी इमर्जिङ एसिया कप क्रिकेटको उपाधि जितेको छ।

बंगलादेशको ढाकामा शनिबार भएको फाइनलमा आयोजक बंगलादेशको यू-२३ टिमलाई ७७ रनले पराजित गर्दै उपाधि जितेको हो।

पाकिस्तानले दिएको ३ सय २ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४३ ओभर ३ बलमा २ सय २४ रन जोड्दा अलआउट भयो ।

बंगलादेशका आफिफ हसनले सर्वाधिक ४९ रनको इनिङ्स खेले । यस्तै कप्तान नाज्मुलहोसेन सान्तोले ४६, मेहदी हसनले ४२ र यासिर अलिले २२ रनको योगदान गरे ।

पाकिस्तानका मोहमद हस्नैनले ३ तथा खुस्दिल शाह र सैफ बदरले समान २/२ विकेट हात पारे । यस्तै समीम गुल, अमद बुट र उमेर खानले समान १र१ लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो ।

रोहैल नजिरले १ सय १३ रनको शतकीय इनिङ्स खेले । यस्तै इमरान रफिकले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आउद सखिलेले ४२ र खुस्दिलले २७ रनको योगदान गरे।

बंगलादेशका सुमो खानले ३ तथा हसन महमुदले २ विकेट हात पारे।

प्रकाशित मिति: : 2019-11-23 18:19:31

प्रतिकृया दिनुहोस्