दाङ : सिहंदरबारको भल्को दिने दाङमा रहेको भवन संरक्षण अभावले जीर्ण बनेको छ। ५५ झ्याले दरबारको रूपमा चिनिने यस भवन संरक्षणको अभावले जीर्ण बन्दै गएको हो।
दाङको गढवा गाँउपालिका-३ गोबरडिहामा रहेको उक्त भवन ५५ झ्याले दरबारका रूपमा परिचित छ। तर‚ भवनको प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।