मोटरसाइकल दुर्घटना हुँदा दाजुकाे मृत्यु, भाई घाइते

सांकेतिक तस्बिर

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्को एकजना घाइते भएका छन्।

बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाइकल मदन भण्डारी स्मृति लोकमार्गको भिमाखण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक बिकको मृत्यु भएको हो।

प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार हुँदै गर्दा चालक दिपकको ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दिपकका दाजु २४ वर्षीय रमेश बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए। उनलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ।

प्रकाशित मिति: : 2019-11-22 16:23:02

प्रतिकृया दिनुहोस्