अध्यादेशबाट ऐन बनेर नियुक्ती हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुदैन: पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेशबाट ऐन बनेर नियुक्ती हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताएका छन्। अध्यादेश लोकतन्त्र र संविधानविपरित हुने भएकाले आफूलाई कुनै हालतमा मान्य नहुने बताएका हुन्।

डेमोक्रेटिक लयर्स एसोसियसनको बार्षिक साधारणसभामा वरिष्ठ नेता पौडेलले उक्त अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाउन नहुने पनि बताए।

भने, ‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु। उहाँ यो संविधान अन्तरगत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन्।’

उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए। पौडेलले संवैधानिक परिषद गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए।

प्रकाशित मिति: : 2019-11-22 13:18:09

प्रतिकृया दिनुहोस्