‘हरे राम’ लेखेको बिकिनी लगाएपछि वाणीविरुद्ध मुद्दा दर्ता

तस्बिरः एजेन्सी

बलिउड अभिनेत्री वाणी कपूरविरुद्ध मुद्दा दर्ता भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले वाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्। उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको उनको आरोप छ।

रमाले पुलिसले वाणीलाई स्टेटमेन्ट रेकर्ड गर्नको लागि बोलाएको बताएकी छिन्।

यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन्। यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

उनको तस्बिरमा इन्स्टाग्राम प्रयोगकर्ताहरुले जुनसुकै कपडालाई पनि फेशनको रुपमा प्रयोग गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: : 2019-11-22 11:42:33

प्रतिकृया दिनुहोस्