बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन र पत्नी जेसियाको डिभोर्स

तस्बिरः एजेन्सी

बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ। मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ।

मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो।

न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन्। 

मेहर र अर्जुनले सन् १९९८ मा बिहे गरेका थिए। बिहे गरेको लामो समयसम्म उनीहरु एकसाथ मिलेर बसेका थिए। तर, अर्जुन बाहिरी यूवतीसँग प्रेम सम्बन्धमा भएपछि उनीहरुविच खटपट भएको थियो।

अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन्। उनीहरुले सन्तानलाई जन्म दिएका छन्।

 

प्रकाशित मिति: : 2019-11-22 07:43:53

प्रतिकृया दिनुहोस्