समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल

फाइल तस्बिर

नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताए।

बिहिबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिए। उनले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगतरूपमा जानकारी लिने जानकारीसमेत दिए।

यसअघि उनी कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए। बुधबार मन्त्रिपरिषद् पुनर्गठित हुँदा यसअघिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्राललयको जिम्मेवारी पाएका छन्। आज नै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आफ्नो पदभार ग्रहण गरे।

सो अवसरमा मन्त्रालयका सचिव खगराज बरालले नवनियुक्त मन्त्री ढकाल र राज्यमन्त्री रावतलाई स्वागत गर्दै मन्त्रालयको समग्र नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-21 17:49:12

प्रतिकृया दिनुहोस्