बारामा कार्यरत ईलेक्ट्रिक हेल्पर घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका टोली बाराको कलैयाबाट घुस रकम सहित एक बिद्युतका कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका फोर म्यान राज देव महतो कोइरी रहेका छन्।

सेवाग्राहीसँग नयाँ विद्युतको मिटर जडान गरे वापत १२ हजार नगद रकम लिदै गर्दा बिहिबार दिउसो कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित, चिया पसलबाट नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-21 17:17:31

प्रतिकृया दिनुहोस्