उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउँछु : मन्त्री लेखराज भट्ट

बिएल

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने बताएका छन्।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले उक्त कुराकाृ दाबी गरेका हुन्। उनले समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने समेत बताए।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाउनुभएका भट्टले अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताए। उनले सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन गर्न समेत कर्मचारीलाई निर्देशन दिए।

कार्यभार ग्रहण कै क्रममा उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताए। राज्यमन्त्री दुगडले आफू राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने दाबी गरे।

प्रकाशित मिति: : 2019-11-21 16:19:32

प्रतिकृया दिनुहोस्