कर्मचारी प्रशासन चुस्त दुरुस्त राख्छु:मन्त्री त्रिपाठी (भिडियोसहित)

बिएल

स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँएसँगै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए।

राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्ने बताउँदै उनले भने, ‘व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ। कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ।

त्यसैगरी प्रत्येक स्थानीय तहका केन्द्रलाई मूल सडक (राजमार्ग) मा जोड्ने काम पुरा गर्ने प्रतिवद्धता उनले जनाए । त्यसैगरी कर्मचारी प्रशासन चुस्त दुरुस्त राखेर चलायमान बनाउन आफूले भूमिका खेल्ने उनले सुनाए।

‘कर्मचारी संयन्त्रमा मात्रै समस्या होइन, नीतिगत सुधार पनि आवश्यक छ। त्यसमा काम गर्छौँ’, उनले भने, ‘कर्मचारी नै खत्तम छन् भन्ने मेरो मान्यता, होइन, म बिगार्दिनँ, सपार्नतिर लाग्छु। कर्मचारी संयन्त्रलाई चलायमान बनाउँछु।’ संघीयता कार्यान्वयनका क्रममा केन्द्रले लाद्यो भन्ने भ्रमलाई चिर्नुपर्ने उनले बताए। ‘संघीयताको अभ्यासका क्रममा केन्द्रले लाद्यो भन्ने सोचाई परिवर्तन गर्छु। संविधानमा लेखेका कुरामा बिमत्ति होलान् तर कार्यान्वयन गर्ने कुरामा सबैले जानुपर्छ’, उनले भने।

उनले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको पाइएको भन्दै त्यसमा पारदर्शिता ल्याउन आफूले प्राथमिकता दिने पनि बताए ।

 
 
प्रकाशित मिति: : 2019-11-21 13:28:04

प्रतिकृया दिनुहोस्