ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्बिर

संखुवासभाको चिचिला गाउँपालीका १ मा बिहीबार बिहान ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामापरि भोटखोला गाउँपालीका ५ का चालक २२ वर्षीय मनोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खाँदवारीबाट मकालुको नुमतर्फ सामान लिएर गइरहेको ग १ त ४१६४ नंम्वरको ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।
घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोसकुमार राईले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-21 13:12:22

प्रतिकृया दिनुहोस्