जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताएका छन्। नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के)का प्रतिनिधिबीच बुधबार काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमूना दिने प्रयास थालेको बताए। डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उनले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई सङ्घीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गरे। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत उनले बताए।

नेकपा र जर्मनीको कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्ए। जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) ले त्यहाँको संसद्मा रहेका ७०९ सदस्यमध्ये ६९ सिट जितेको छ। जर्मनीको छ वटा पार्टीमध्ये यसको स्थान पाँचौँ रहेको रिजालले जानकारी दिए। उसले चुनावमा नौ प्रतिशत मत हासिल गरेको जनाइएको छ।

प्रकाशित मिति: : 2019-11-20 22:58:21

प्रतिकृया दिनुहोस्