जोसे माउरिन्हो टोटनह्यामकाे मुख्य प्रशिक्षक नियुक्त

तस्बिरः एजेन्सी

इंग्लिस क्लब टोटनह्यामले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पोर्चुगिज प्रशिक्षकले टोटेनहमसँग साढे तीन वर्षको सम्झौता गरेका छ।नयाँ सम्झौताअनुसार उनी २०२२/२३ सिजन अन्त्यसम्म टोटनह्यामको प्रशिक्षक रहनेछन्। 

मंगलबार राती टोटेनहमले मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि उनलाई नियुक्त गरेको हो। प्रशिक्षक पोचेटिनोले क्लबमा ५ बर्ष बिताएका थिए।

माउरिन्होले सम्हाल्न लागेको प्रिमियर लिगको यो तेस्रो क्लब हो। दुई पटकसम्म चेल्सीको बागडोर सम्हालेका माउरिन्होले प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर युनाइटेडलाई साढे २ वर्ष सम्हालेको थिए।

‘फुटबलका एक सफलत प्रशिक्षकलाई हामी सम्झौता गर्न सफल भएका छौं। टोटेनहमका अध्यक्ष डानिल लेभीले भने,‘ उनीसँग भरपुर अनुभव छ। उनले टोलीलाई प्रमावित पार्न सक्नछेन्। उनले जति पनि क्लबमा प्रशिक्षण दिएका छन्, सबैलाई सफलता दिलाएका छन्। उनको आगमनले टोलीको उर्जा आउने र ड्रेसिङ रुमको वातारण राम्रो हुनेछ।’

अघिल्लो सिजन टोटेनह्यामलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका पोचेटिनोको ५ वर्षे नेतृत्वमा टोलीले २ सय ९३ खेल खेलेको थियो। साउथह्याम्टनका पूर्वप्रशिक्षक पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए। त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता समेत बनाएका थिए।

तर क्लबको पछिल्लो प्रर्दशन निकै नाजुक थियो। टोटनहम च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखको हातबाट घरेलु मैदानमा ७–२ ले हारेको थियो।

 

 

 

 

 

 

 

प्रकाशित मिति: : 2019-11-20 18:20:41

प्रतिकृया दिनुहोस्