पूर्वमाओवादीबाट भट्ट र यादव मन्त्री बन्दै, सामान्य र श्रममन्त्रीकाे पद धरापमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री बन्ने दुई नामको टुंगो लागेको छ।

पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको छ ।

माओवादी कोटाबाट मन्त्री बन्न लागेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने भएपछि उनीहरुको नाम सिफारिश गरिएको हो। चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन।

यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ। पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने स्रोतले बताएको छ।

यद्यपि आज हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लाग्ने र सपथ भने भोलि हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ। 

प्रकाशित मिति: : 2019-11-20 17:23:44

प्रतिकृया दिनुहोस्