पूर्वसभामुख महरालाई थुनामा पठाउने न्यायाधीश उच्च अदालतमा सिफारिस

फाइल तस्बिर

इजलासले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका न्यायाधीश सुदर्शनराज पाण्डेलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएकाे छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले पाण्डेलाई सिफारिस गरेको हो।

यस्तै  पाण्डेसहित अन्य १५ जनाको नाम पनि सिफारिस भएको छ। उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जिल्ला न्यायाधीशमध्येबाट किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी रहेका छन्। पोखरेल झापा, श्रेष्ठ नवलपरासी, पाण्डे काठमाडौं, अधिकारी बारा, पोखरेल रुपन्देही र भण्डारी डोल्पा जिल्ला अदालतका न्यायाधीश हुन् ।

त्यस्तै अधिवक्तामध्येबाट भोजपुरका मिलनकुमार राई, चितवनका राजुराम सिलवाल, डोटीकी मेरिना श्रेष्ठ, मोरङकी मीना गौतम सेढाई र चितवनका सोमकान्त मैनाली उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

 
 
 

प्रकाशित मिति: : 2019-11-20 16:22:03

प्रतिकृया दिनुहोस्