पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीलाई नै, पार्टीको जिम्मेवारी प्रचण्डलाई

फाइल तस्बिर

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई अध्यक्षको कार्य विभाजन गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीभित्र रहेको बरीयता यथावत रहने गरी प्रधानमन्त्रीले सरकारको जिम्मेबारी लिने र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको जिम्मेबारी सम्हाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीको बैठक दुवै अध्यक्ष सहभागी भएर हुने भए पनि अध्यक्षता भने प्रचण्डको हुने तय भएको छ। अहिलेको प्रतिनिधिसभा भरि प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गरिरहेने पनि सहमति भएको श्रेष्ठले बैठकपछि जानकारी दिए।

यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो।

तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ। 

प्रकाशित मिति: : 2019-11-20 15:58:05

प्रतिकृया दिनुहोस्