ऋषि कपुरको गुनासो–‘भारतमा कलाकारको नाममा विमानस्थल र बाटो बनेन्’

तस्बिरः एजेन्सी

कलाकार ऋषि कपुरले भारतमा कलाकारहरुलाई सम्मान नदिइएको भन्दै गुनासो गरेका छन्।

उनले एक अन्तरवार्ताको क्रममा विदेशमा धेरै कलाकारको नाममा विमानस्थल र बाटो बनेपनि भारतमा यस्तो कतै पनि नदेखेको गुनासो गेका छन्।

उनले भने–‘भारतमा कलाकारहरुलाई पर्याप्त सम्मान नै दिइदैन। विदेशमा धेरै कलाकारको नाममा विमानस्थल, बाटो बनेका छन्। तर, भारतमा यस्तो कतै पनि देखिदैन।’

अमेरिकाबाट फर्किएपछि ऋषिले भने–‘अमेरिकामा एल्विस प्रेस्ले, माइकल ज्याक्सनको नाममा विभिन्न स्थान बनेका छन् । यहीकारणले गर्दा पनि उनीहरुलाई अहिलेको यूवापुस्ताले पनि संझिन्छ। भारतमा कुनै पनि कलाकारलाई यस्तो सम्मान छैन।’

ऋषिले अगाडि गुनासो गर्दै भने–‘यहाँका कलाकारसँग फरक व्यवहार गरिन्छ। भारत सिनेमा, संकृती र म्यूजिकका कारण विश्वभर चिनिएको छ। हामीले तिनाएका छौं। तर,किन सरकार कलाकारलाई सम्मान दिन सक्दैन?’

 

 

प्रकाशित मिति: : 2019-11-20 08:46:29

प्रतिकृया दिनुहोस्