युरोकप छनोट: नेदरल्यान्ड्सकाे फराकिलो जित, विज्नाल्डमले गरे ह्याट्रिक

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० अन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ।

छनोट अन्तर्गत मंगलबार राति नेदरल्यान्ड्सले इस्टोनियालाई ५–० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरे । यस्तै नाथन एन्के र म्यरोन बोअडुले एक एक गोल गरे ।

खेलको छैठौं मिनेटमा नै विज्नाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। १८ औ मिनेटमा एन्केले अग्रता दोब्बर बनाए। पहिलो हाफ २ गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप ३ गोल गर्यो।

खेलको ६६ र ७८ औ मिनेटमा गोल गर्दै विज्नाल्डमले ह्याट्रिक पूरा गरे। त्यसपछि बोअडुले ८७ औ गोल गर्दै ५–० को जित दिलाए।

जितसँगै नेदरल्यान्ड्सले समूह सीमा ८ खेलमा १९ अंक जोडेको छ। नेदरल्यान्ड्स समूह दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स यस अघि नै युरोकपमा छनोट भईसकेको छ ।

समूहको पुछारमा रहेको इस्टोनियाको १ अंक रहेको छ।

प्रकाशित मिति: : 2019-11-20 08:21:59

प्रतिकृया दिनुहोस्