नर्दन आयरल्याण्डविरुद्ध फराकिलो जित निकाल्दै जर्मनी युरोकपमा छनोट

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० मा जर्मनीले शानदार जित निकालेको छ।

मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो ।

जर्मनीको जितमा सेर्जी ग्नाब्रीले ह्याट्रिक गरे। त्यस्तै लिओन गोरेटज्काले दुई गोल गरेका थिए भने जुलियन ब्राड़ीटले एक गोल गरेका थिए। त्यस्तै उत्तरी आयरल्याण्डका लागि माइकल स्मिथले एक गोल गरेका थिए।

खेलको ७ औ मिनेटमा नै आयरल्याण्डका लागि स्मिथले अग्रता दिलाएका थिए। तर त्यो अगता धेरै बेर टिक्न सकेन। १९ औ मिनेटमा नै जर्मनीका ग्नाब्रीले उक्त अग्रता तोड्दै खेल बराबरीमा ल्याए। त्यसपछि ४३ औं मिनेटमा जर्मनीले अग्रता दोब्बर बनायो। उसका लागि गोरेटज्काले दोस्रो गोल गरे।

पहिलो हाफ २–१ को अग्रता कायम गरेको जर्मनीले दोस्रो हाफमा थप ४ गोल गर्यो। खेलको ४७ औ र ६० मिनेटमा ग्नाब्रीले गोल गर्दै ह्याट्रिक पुरा गरे। उनको ह्याट्रिकसँगै जर्मनीले खेलमा ४–१ को अग्रता लियो।

यस्तै खेलको ७३ औ मिनेटमा गोरेटज्काले व्यक्तिगत दोस्रो गोल गरे। उको गोलसँगै जर्मनी ५–१ले अगाडी रह्यो। यस्तै खेलको अन्तय तिर ब्राड़ीटले गोल गर्दै ६–१ को फराकिलो जित दर्ता गराए।

युरो छनोटको जटिल समुह मानिएको समुह सी बाट जर्मनी शिर्ष स्थानमा रहदै युरोकपमा छनोट भएको छ।

जर्मनीको ८ खेलमा २१ अंक रहेको छ। त्यस्तै नेदरल्याण्डस भने दोस्रो स्थानमा रहदै युरोकपमा छनोट भएको छ। नेदरल्याण्डसको ८ खेलमा २९ अंक रहेको छ।

त्यस्तै उत्तरी आयरल्याण्ड भने तेस्रो स्थानमा रहेकाले अब प्लेअफको सेमिफाइनल खेल्ने भएको छ।

 

 

प्रकाशित मिति: : 2019-11-20 08:00:52

प्रतिकृया दिनुहोस्