पूर्वकप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीकाे लगातार दोस्रो हार

तस्बिरः एजेन्सी

युएईमा जारी टी १० क्रिकेट लिगमा पूर्वकप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले लगातार दोस्रो हार व्यहोरेको छ।

बंगलाविरुद्ध पारस भने टिममा अटाएका छैनन्। सुरुवाती दुई खेल खेलेका पारस लगातार दोस्रो खेलमा टिम बाहिर रहेका हुन्।

शेख जायद स्टेडियममा मंगलबार भएको खेलमा बंगला टाइगर्ससँग २७ रनले पराजित हुँदै आबुधाबीले लगातार दोस्रो हार व्यहोरेको हो ।

बंगलाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको आबुधाबीले १० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो।

आबुधाबीका अभिस्का फर्नान्डोले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। यस्तै लुक राईटले २० रन बनाए।

बंगलाका क्वाइस अहमेदले ३ तथा थिसरा परेराले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलाले १० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।

बंगालाका लागि रिले रस्सोले अविजित ४४ रन बनाए । यस्तै आन्द्रे फ्लेटचरले ४२ बनाए।

आबुधाबीका बेन लुन्घलिनले २ विकेट लिए।

प्रकाशित मिति: : 2019-11-20 07:24:10

प्रतिकृया दिनुहोस्