साउथ कोरियाविरुद्ध ब्राजिलकाे सहज जित

तस्बिरः एजेन्सी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत ब्राजिलले एसियन देश साउथ कोरियालाई सहजै पराजित गरेको छ।

मंगलबार साँझ भएको खेलमा ब्राजिलले कोरियामाथि ३–० गोल अन्तरको जित हात पारेको हो। ब्राजिलको जितमा लुकास पाक्वेटा,फिलिपे कोउटिन्हो र ड्यानिलोले समान एक एक गोल गरे।

खेलको नवौं मिनेटमा ब्राजिलले युवा खेलाडी पाक्वेटाको गोलबाट अग्रता लिएको थियो । उनले रेनान लोडीको पासमा गोल गरेका थिए।

खेलको ३६औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर बनायो। कोउटिन्होले प्रहार गरेको फ्रि किक सिधै गोल भयो।

पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलका लागि दोस्रो हाफमा ड्यानिलोले शानदार गोल हाने । बक्स भित्रबाट लोडीले दिएको पासमा ड्यानिलोले बक्स बाहिरबाट जाली चुमेपछि ब्राजिल सहज जिततर्फ अघि बढेको थियो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल ब्राजिलले ३–० ले जित्यो ।

 

 

प्रकाशित मिति: : 2019-11-19 21:26:26

प्रतिकृया दिनुहोस्