वडा कार्यालयले घरभाडा नदिएपछि तालाबन्दी

फाइल तस्बिर

बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ दहियारको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै घरघनीले तालाबन्दी गरेका छन् । बिगत १३ महिनादेखी घर भाडा नदिएको भनी घरघनीले तालाबन्दी गरेका हुन्।

वडा अध्यक्ष कृष्णामुरारीप्रसाद यादवलाई पटकपठक मौखिक तथा निवेदन दिएर पनि घर भाडा माग गर्दा वास्ता गरेकाले कातिक २७ गते बुधवारको दिन तालाबन्दी गरिएको सोही वडाका स्थानीय घरपट्टी शिवजी प्रसाद कलवारले बताए ।

महागढीमाई नगरपालिकाको–४ नम्बर वडा कार्यालय सञ्चाल गरेको दिनदेखी हालसम्म करिब ५५ हजार घर भाडा माग्दै आफू हैरान भएपछि वडा कार्यालयमा तालाबन्दी गर्नु परेको घरपट्टी कलवारले जानकारी दिए।

यता वडा कार्यालयमा तालाबन्दी भएपछि दैनिक नागरिकता सिफारिस, जग्गा बिक्रीका लागि चाहिने सिफारिस, चारकिल्ला प्रमाणित लगायतको कामकाजका लागि आउने सोवाग्रहीहरु मारमा परेका स्थानीय मंजुर मियाँले बताए।

घर भाडाको नाउँमा यसरी जनताको कामलाई तालाबन्दी गरेर सेवा लिनबाट बंञ्चित राख्नु उचित नभएको सेवाग्रही बेदानन्द शुक्लाले बताए।

यस बिषयमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलसँग बुझ्दा हामीलाई केही जानकारी नभएको तथा तालाबन्दीको कारण पता लगाएर जनताको कामकाज हुने खालका वातावरण बनाउने बताए ।

प्रकाशित मिति: : 2019-11-19 18:22:41

प्रतिकृया दिनुहोस्