'मानसखण्ड'का सम्पादक एक रुपैयाँ जरिवाना बुझाएसँगै रिहा भए

फाइल तस्बिर

'मानसखण्ड दैनिक'का सम्पादक खेम भण्डारी रिहा भएका छन्।एक रुपैयाँ जरिवाना बुझाएपछि एक घण्टाका लागि उनी जेल चलान भएका उनी रिहा भएका हुन्।

कञ्चनपुर जिल्ला अदालतले अदालतको अवहेलना मुद्दामा उनलाई गत असार ३० गते एक घण्टा कैद र एक रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी निर्मला पन्तको घटनामा अदालतको प्रक्रियालाई प्रभाव पारेको आरोपमा भण्डारीलाई एक घण्टा जेल सजाय र एक रुपैयाँ जरिवाना तोकिएको थियो।

उनी मंगलबार अदालतमा उपस्थित भएका थिए। एक रुपैयाँ जरिवाना बुझाएपछि एक घण्टाका लागि उनी जेल चलान भएका हुन्।

पत्रकार भण्डारीले भने आफूलाई पुनरावेदनको मौका पनि नदिएको फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: : 2019-11-19 18:01:46

प्रतिकृया दिनुहोस्