अत्यधिक मेकअपका कारण रानू मण्डलकाे खिल्ली उडाउन थालियाे

तस्बिरः एजेन्सी

रेलवे स्टेसनमा लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हैु’ गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन्। रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ।

सडकमा गीत गाएर गुजारा चलाउने रानुले गाएको गीत युट्युबमा भाइरल भएपछि गायक तथा नायक हिमेश रेशमियाले रानूलाई मुम्बई बोलाएर फिल्ममा गाउने अवसर दिए । उक्त फिल्ममा रानु र हिमेशले साथमा गाएको गीत ‘तेरी मेरी कहानी’ हिट भएपछि एउटै गीतले रानू सडकमा गाउने गायिकाबाट स्टेजमा गाउने गायिका बनिन्।

बिस्तारै उनको माग फिल्मको पार्श्व गायन तथा रियालिटी शोहरुमा समेत बढ्न थाल्यो। तर पछिल्लो समय रानूलाई घमण्डी बनेको आरोप लागेको छ। उनले यसअघि एक फ्यानले नजिक गएर बोलाउँदा अब म सामान्य मानिस होइन सेलिब्रिटी भइसके भनेर जवाफ फर्काएकी थिइन्।

उहि रानू मण्डल हालै एक कार्यक्रमका लागि श्रृङ्गार पटार गरेर पार्टीमा पुगिन्। त्यतिबेला उनले र्‍याम्प वक पनि गरिन्। रानू मण्डललाई देखेर त्यहाँ उपस्थित जो कोही पनि चकित परे। तर अब रानू मण्डलले आफ्नो मेकअप र स्टाइलका लागि ट्रोलरको सामना गर्नुपरेको छ। वास्तवमा सोशल मिडिया सेन्सेशनलाई लिएर अब इन्टरनेटमाथि मीम बनिरहेको छ र मानिसहरुले उनको मेकअपको पनि खिल्ली उडाइरहेका छन्।

हालै रानू मण्डल एक प्रशंसकसँग सेल्फी खिच्न नमानेको र उनीमाथि दुर्व्यवहारका कारण चर्चामा आएकी थिइन्। उनको यो भिडियो पनि निकै भाइरल भएको थियो। त्यसपछि रानू मण्डललाई सोसल मिडियामा निकै ट्रोल पनि गरिएको थियो। अब एकपटक पुनः सोसल मिडिया सेन्सेशन आफ्नो मेकअपका लागि ट्रोल भइरहेकी छिन्।

प्रकाशित मिति: : 2019-11-19 08:55:15

प्रतिकृया दिनुहोस्