युरोकप छनोट: ईटालीकाे ऐतिहासिक जित

Photo Credit :ANDREAS SOLARO/Getty Images

युरोकप छनोटमा ईटालीले ऐतिहासिक जित निकालेको छ।

सोमबार राति समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले हराएको हो।फुटबल ईतिहासिमा ईटालीले एउटा ठुलो अन्तरको जित प्राप्त गरेको हो।

ईटालीको जितमा सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा जोर्गिन्होले एक गोल गरे। यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे।

अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए।

बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठुलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो।

ईटालीले युरोकप छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्यो ।र समूह जेको शीर्ष स्थानमा रहँदै छनोटको अन्त्य गर्यो।

अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो।

प्रकाशित मिति: : 2019-11-19 08:19:51

प्रतिकृया दिनुहोस्