युरोकप छनोट: स्पेनको शानदार जित, जेरार्ड मोरिनोले गरे दुई गाेल

तस्बिरः एजेन्सी

स्पेनले युरोकप छनोटको अन्तिम खेलमा शानदार जित हात पारेको छ।

सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराउँदै शानदार जित दर्ता गरेको हो।

स्पेनको जितमा जेरार्ड मोरिनोले दुई तथा फेबियन रुईज र मिकेल आयारजाबालले समान एक एक गोल गरे। त्यस्तै एड्रियन रसले स्पेनलाई एक गोल उपहार दिएको थियो।

खेलको आठौं मिनेटमा रुईजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए।

मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए।

रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो। पहिलो हाफ ४ गोल गरेको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्यो।

दोस्रो हाफको ईन्जुरी समयमा आयारजाबालले गोल गर्दै स्पेनलाई शानदार जित दिलाए।

समूह एफको खेलमा स्पेन र स्विडेनले युरोकपमा छनोट भईसकेका छन्।

स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले।

रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो।

प्रकाशित मिति: : 2019-11-19 08:05:08

प्रतिकृया दिनुहोस्