राष्ट्रपति समक्ष आयोगको प्रतिवेदन पेश

बिएल

मधेशी आयोग र राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार आयोजित एक कार्यक्रमकाबीच मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त र समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णुमाया ओझाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सो प्रतिवेदन पेश गरेका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2019-11-18 16:31:34

प्रतिकृया दिनुहोस्