बाँकेमा बस दुर्घटना हुँदा १४ जना घाइते

प्रतिकात्मक तस्बिर

बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ।

सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2019-11-18 13:38:50

प्रतिकृया दिनुहोस्