चितवनसहित तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

फाइल तस्बिर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ।मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा रहेको बेला छापा मारिएको हो।

शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा विभागले छापा मारेकाे हाे।

सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले अट‍ेर गरिरहेका छन्। सरकारले अटेर गरे ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ।

प्रकाशित मिति: : 2019-11-17 17:55:03

प्रतिकृया दिनुहोस्