जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

फाइल तस्बिर

जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कोहल्बी नगरपालिका-२ बस्ने करिब ४५ वर्षीय बलराम खनाल रहेका छन्।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराले उनलाई १ वर्ष ६ महिना कैदको फैसला सुनाए खनाललाई इलाका प्रहरी कोहल्बीबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

खनाललाई नियन्त्रणमा लिएर घटनाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-17 17:02:20

प्रतिकृया दिनुहोस्