नेपालमा बिकासको युग सुरु भइसक्याे:प्रचण्ड

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालमा बिकासको युग सुरु भइसकेको बताएका छन्।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो राष्ट्रिय भेलालाई संवोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले बहुदलीय जनवाद या माओवादको कुरा गर्दा एकताको औचित्य पुष्टि नहुने दाबी पनि गरे।

जनताको जनवादमार्फत विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गर्दै प्रचण्डले पुराना सिद्धान्त र कार्यक्रमहरूमाथि गम्भीर समीक्षा गरेर नै तत्कालको कार्यक्रमका रूपमा जनताको जनवादमार्फत समाजवाद निर्माण गर्ने कार्यक्रमको तय गरिएको बताए।

त्यस्तै नेकपा महासचिव बिष्णु पौडेल, श्रमममन्त्री गोकर्ण बिष्ठ लगाएतले आफ्नो उदेश्यमा कन्द्रित भइ जनताको पक्षमा काम गर्न युवा संघलाइ निर्देशन दिएका थिए। कार्यक्रममा युवा संघले अध्यक्षद्वयलाई सम्मान गरेको थियो। देशका ७७ जिल्लामा नै पदाधिकारी चयन गरेपछि संगगनले पहिलो भेला बोलाएको हो।

 

प्रकाशित मिति: : 2019-11-17 16:25:39

प्रतिकृया दिनुहोस्