करिम बेन्जिमाले अर्को देशका लागि खेल्न दिन माग गरेका छन्। उनले स्पेनिस जाइन्ट रियल मड्रिडका लागि हरेक सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर २०१५ पछि फ्रान्सका लागि खेल्न पाएका छैनन् ।
टिममेट म्याथुको ‘सेक्स टेप’मा ब्लाकमेडिङ गरेको आरोप लागेपछि फ्रान्सले उनलाई खेलाएको छैन।
उनले ट्विटरमा भनेका छन्–'यदि तिमीलाई म सक्किए भन्ने लाग्छ भने मलाई अर्को देशका लागि खेल्न देऊ।’
फ्रान्स फुटबल महासंघले उनलाई फेरि टिममा बोलाउने सम्भावना पनि नरहेको बताएको छ।
उनी राम्रो खेलाडी भएको र रियल मड्रिडमा उनले त्यसलाई सावित गरिसकेको भन्दै अध्यक्ष नोएल ले ग्राटले भने, ‘तर फ्रान्सको राष्ट्रिय टिममा उनको यात्रा सकिसक्यो।’
३१ वर्षीय बेन्जिमाले अल्जेरियाबाट खेल्न सक्छन्, जुन उनका आमा–बुवाको जन्म देश हो। तर फिफाको नियमानुसार यो सजिलो पनि छैन।
उनले २०१६ को युरोकप गुमाए। २०१८ मा फ्रान्सले विश्वकपको उपाधि उचाल्दा पनि उनी टिममा रहेनन्।