दिउँसै सरकारी कर्मचारीसहित ९ जोडी आपत्तिजनक अवस्थामा पक्राउ

प्रतिकात्मक तस्बिर

बाराको सिमराबाट प्रहरीले आपत्तिजनक अवस्थामा ९ जोडीलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका-१ सिमरा बजारस्थित दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलमा छापा हानेको थियो।

उक्त क्रममा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए।

 

प्रकाशित मिति: : 2019-11-17 15:21:47

प्रतिकृया दिनुहोस्