भिमफेदीका जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर

फाइल तस्बिर

कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियारका अनुसार सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५ साल जेष्ठ ०४ गतेदेखि आ.व. २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा थापाले सोही अवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको खर्च व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएबाट स्रोत खुल्न नआएको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको छ।

 उनले उक्त स्रोत नखुलेको सम्पत्तिहरु आफू लगायत श्रीमती गोमा कट्टेल थापासमेतका नाममा राखेको अख्तियारले दाबी गरेको छ।

अख्तियारले थापाविरुद्ध १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो असुल उपर गरी बिगोअनुसार जरिवाना र सम्पत्ति जफतसहित २ वर्ष कैद सजायको मागदाबी गरेको छ ।

 

प्रकाशित मिति: : 2019-11-17 15:13:24

प्रतिकृया दिनुहोस्