प्रधानमन्त्री ओलीले भने : कालापानी मिचिएको होइन

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए। उनले आफ्नो एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताए।

ओलीले भने ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ। अरुको जमिन चाहिदैन। तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस्।  सीमा अहिले मिचिएको होइन। सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको बताए। उनले राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए।

प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ। इतिहासमा यस्तो हुदैनथ्यो। अहिले नेपालको कुरा सुनिन थालेको छ।’

प्रकाशित मिति: : 2019-11-17 13:17:41

प्रतिकृया दिनुहोस्