५८ किलो चरेससहित लागुऔषध कारोबारी पक्राउ

बिएल

बर्दिया प्रहरीले लागुऔषध चरेससहित ५ जनालाई सदरमुकाम गुलरियाबाट पक्राउ गरेको छ।

प्रहरी सहायक निरीक्षक सुनिल बस्यालसहितको विशेष टोलीले गुलरिया नगरपालिका ७ स्थित भन्सार रोडबाट ठूलो परिमाणमा चरेससहित पक्राउ गरेको हो।

प्रहरीले पूर्वीरुकुमको साविक खबाङ गाउँविकास समिति ८ बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका १ बस्ने २७ वर्षीय जुनतारा पुन, महत गाविस २ घर भई हाल भुमे गापा बस्ने ३४ वर्षीय सुनथामी बुढामगर, पूर्वी रुकुम साविक तक्सेरा गाविस ९ हाल पुथा उत्तरगंगा गापा बस्ने २६ वर्षीया अस्मिता रामजाली र रोल्पा जिल्ला साबिक पाछाबाङ गाविस ८ हाल दुईखोली गापा ८ बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारले बताए।

पक्राउ परेकाले बोकेको कालोझोलाभित्र प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा ५८ किलोग्राम लागुऔषध चरेस, नगद बत्तीस हजार पाँचसय अन्ठान्नब्बे रुपैयाँ र ५ थान मोबाइल सेट फेला पारेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका पाँचैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-11-17 12:59:50

प्रतिकृया दिनुहोस्